क्रिश्चियनको एजेन्ट बनेको भन्दै कांग्रेसले संसदमै माधवको धज्जी उडायो, विपीदेखि देउवा पनि मुछिए


नेपाल पाना प्रकाशित: २०७५-९-२३ गते
क्रिश्चियनको एजेन्ट बनेको भन्दै कांग्रेसले संसदमै माधवको धज्जी उडायो, विपीदेखि देउवा पनि मुछिए

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्। यतिमात्रै होइन उनले क्रिश्चियनले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा विपी कोइरालादेखि अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासम्म उपस्थित भएको जिकिर गरे। प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारुढ दलकै वरिष्ठ नेताले कुनै धर्म विशेष संस्थाको कार्यक्रमको ठेक्का लिएको भन्दै संसदीय समितिमा विरोध जनाएपछि नेता नेपालले कांग्रेस नेतालाई मुछेका हुन्। 

साथै नेता नेपालले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ  र सहयोग जुटाउन आफू एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएको प्रष्ट पारे।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद क्रिश्चियन संस्था युनिफिकेसनले आयोजना गरेको ‘एसिया प्यासिफिक समिट’बारे छलफल भएको थियो। कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले नेता नेपाल नेपालतर्फको संयोजक बनेको भन्दै यो विषयमा आपत्ति जनाएपछि जवाफमा नेता नेपालले देशलाई विश्वमा चिनाउन आफू सो सम्मेलनमा सहभागी भएको दाबी गरे। सम्मेलनमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको उनको आरोप थियो।

नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका साथ हेरेको बताउँदै एसिया प्यासिफिक सम्मेलन पहिलो पटक सहभागी हुने नेता विपी कोइराला भएको उल्लेख गरे। सम्मेलनमा कांग्रेस नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवासम्म सहभागी भएको उनको भनाई थियो। आफ्ना नेता सहभागी हुँदा विवाद नगर्ने तर म माथि प्रहार गर्ने भन्दै उनी संसदीय समितिमा रिसाएका थिए। 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..