गाेपल खड्काविरुद्ध अख्तियारले अदालतमा पेश गर्याे यस्ताे ठाेस प्रमाण, जेल जाने उच्च सम्भावना!


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
गाेपल खड्काविरुद्ध अख्तियारले अदालतमा पेश गर्याे यस्ताे ठाेस प्रमाण, जेल जाने उच्च सम्भावना!

काठमाडाैँ - नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले करोडौँ रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुलासा गरेको छ। आयोगले खड्कामाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरुद्ध भ्रष्टाचारको मुद्दा समेत दायर गरेको छ।

अख्तियारले सोमबार पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनका अनुसार गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको दावीसहित खड्काविरुद्ध मुद्दा दायर गरिएको हो।

खड्काले आर्जन गरेको सम्पति विभिन्न व्यक्तिको नाममा लुकाएको समेत खुलेको छ। श्रीमती सर्मिला र सम्पति लुकाउन सहयोग गर्ने व्यक्ति विरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दंगालले बताए। प्रमाणका रुपमा खड्काबाट प्राप्त करिब एक करोड रुपैयाँ समेत अदालतमा दाखिला गरिएकाे उनले बताए। सो पैसा उनले घर किन्न रोडसो हाउजिङमा दिएको र आयोगले हाउजिङबाट चेक बरामद गरी अदालतमा प्रमाणका रुपमा पेश गरेको हो।

खड्काले निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आयभन्दा उक्त १८ करोड भन्दाबढी रकम आर्जन गरेको अख्तियारद्धारा दर्ता गरिएको रिट निवेदनमा उल्लेख छ।

अकुतरुपमा आर्जन गरेको सम्पत्ति खड्काले आफ्नी श्रीमती शर्मिला र सहयोगी अमिता लामाका नाममा लुकाएको थियाे। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार खड्कालाई दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना र बिगो भराउन अख्तियारले माग गरेको छ।

 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..