एफए कपमा लिभरपुल पराजित, प्रतिष्पर्धाबाटै बाहिरियो


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
एफए कपमा लिभरपुल पराजित, प्रतिष्पर्धाबाटै बाहिरियो

काठमाडौं । सोमबार राति भएको खेलमा वोल्भ्ससँग पराजित भएपछि लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । 

तुलनात्मक रूपमा कमजोर मानिएको वोल्भ्ससँग खराब प्रदर्शन गर्दै लिभरपुल२-१ गोलअन्तरले पराजित भएको हो । सोमबार रातीको खेलमा विजयी वोल्भ्स  चौथो चरणमा प्रवेश गरेको छ ।

वोल्भ्सको जितमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरे । खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । लिभरपुलका लागि डिभोक ओरिगीले एकमात्र गोल गरेका थिए ।

खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा पुर्‍याएका थिए । तर त्यसको चार मिनेटपछि नै वोल्भ्सले अर्को गोल थप्दै जित हात पार्‍यो ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..