उत्तर कोरियाका शासक किम रेल चढेर चीन जाँदै


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
उत्तर कोरियाका शासक किम रेल चढेर चीन जाँदै

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीन पुगेका छन् । चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा किम चीन गएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएले सोमबार किम चीन भ्रमणमा निस्केको पुष्टि गरेको हो । केसीएनएलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सम्भवतः किम रेलमार्फत चीनतर्फ गइरहेका छन् । यसअघि पनि किम रेल चढेरै चीन पुगेका थिए ।

श्रीमती री सोल जुलाई समेत साथमै लगेका किम ७ देखि १० जनवरीसम्म चीनमा रहने छन् । पछिल्लो समय किमले महत्त्वपूर्ण निर्णय लिनुअघि चीन भ्रमण गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नेता मुन जेई इनसँग भेट्नुअघि पनि किमले चीन भ्रमण गरेका थिए ।

किम(ट्रम्प तथा दक्षिण कोरियाका नेताबीच शिखर वार्ता हुने रिपोर्ट आइरहेका बेला किम फेरि चीन पुगेका छन् । दुईबीचको छलफलको मुख्य एजेन्डा यही शिखर बैठक हुने अनुमान गरिएको छ । चीन उत्तर कोरियाको मुख्य कूटनीतिक सहयोगी हो । 







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..