मधेशमा सरकार चलाउने अधिकार पाएपछि राजपा र फोरमले ४ करोडको भोज खाए


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
मधेशमा सरकार चलाउने अधिकार पाएपछि राजपा र फोरमले ४ करोडको भोज खाए

जनकपुरधाम । मधेसी जनताको मसिहा दाबी गर्ने राजपा र फोरम नेतृत्वको २ नम्बर प्रदेश सरकारले ४ करोड रूपैयाँ खर्चेर भोजभतेर खाएको खुलेको छ  ।

मंसिर २६ गते नेपालमा रहेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको स्वागत तथा भोजमा मात्रै राजपा सरकारले ७३ लाख रूपैयाँको खर्च देखाएको छ । 

२ नम्बर प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आदित्यनाथलाइ स्वागत गर्न मात्रै ७३ लाख ८ हजार १ सय ४५ रूपैयाँ खर्च गरिएको छ । गेट, फुलमाला, बस्ने कुर्सी तथा साउन्ड सिस्टममा समेत खर्च भएको जनाउँदै २ नम्बर प्रदेश सरकारले ३८ लाख ८४ हजार ७ सय ८९ रुपैयाँको खर्च देखाएको छ । 

गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी मन्दिर भ्रमण गरेका बेला पनि प्रदेश सरकारले ३ करोड १२ लाख रूपैयाँ खर्च गरेको थियो । प्रदेश सरकारका विभिन्न ६ वटा मन्त्रालयबाट सो रकम खर्च भएको दाबी गरिएको छ ।

जानकी मन्दिर व्यवस्थापन गर्ने पक्षले पनि विवाहपञ्चमी महोत्सवमा दुइ करोड पचास लाख रूपैयाँभन्दा बढी खर्च भएको हिसाब प्रश्तुत गरेको छ। 

२ नम्बर प्रदेश सरकारले यी भोजभतेरमा यति रकम उडायो :

  • प्रधानमन्त्री ओलीको स्वागत सम्मानमा प्रदेशसभाले आयोजना गरेको दिवाभोज (भदाै २ गते) - ६ लाख ४७ हजार ७ सय ६० रुपैयाँ
  • तिहार र छठको अवसरमा मुख्यमन्त्री राउतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम (कात्तिक १८ गते) - ११ लाख ८२ हजार ५ सय रुपैयाँ
  • भारतीय प्रधानमन्त्री मोदीको स्वागत (बैशाख) - ३ करोड १२ लाख रूपैयाँ
  • भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत तथा भोज (मंसिर २६ गते)  - ७३ लाख ८ हजार १ सय ४५ रूपैयाँ







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..