शेख हसिनाको सत्ता : विपक्षी पार्टीलाई मत दिएको भन्दै बंगलादेशमा सामूहिक बलात्कार


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
शेख हसिनाको सत्ता : विपक्षी पार्टीलाई मत दिएको भन्दै बंगलादेशमा सामूहिक बलात्कार

काठमाडौं । सोमबार तेस्रोपटक बंगालादेशकी प्रधानमन्त्री बनेकी शेख हसिनाको सत्तारूढ अवामी लिग पार्टीका स्थानीय नेताको नेतृत्वमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । 

विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का उम्मेदवारलाई भोट दिएको दाबी गर्दै सोही रिसिइबी साँध्ने नाममा महिलामाथि सामूहिक बलात्कार भएको हो । 

बंगलादेश प्रहरीले अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिन र अन्य ७ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । बलात्कृत महिलाको उमेर ३५ बर्ष रहेको र उनका ४ जना सन्तान रहेको खुलेको छ । 

नोखाअली जिल्लाबासी ति महिलाको घरमा सत्तारूढ दल अवामी लिगका कार्यकर्ता जबर्जस्ती प्रवेश गरि चार बच्चालाइ बाँधेको र ती महिलामाथि सामूहिक बलात्कार गरेको बताइएको छ । 

अभियुक्तहरूले बलात्कारको अभियोग अस्वीकार गरेका छन् । यसैबीच, सार्वजनिक दबाब र आलोचनाबाट बच्न सत्तारूढ दलले ती स्थानीय नेतालाइ पार्टीबाट निष्काशन गरेको बताएको छ ।

यो पनि पढ्नुहोस :

शेख हसिनाले आज तेस्रोपटक बंगलादेशमा प्रधानमन्त्रीको सपथ लिँदै







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..