गगनकै लाइनमा आयो राजपाः अब संसद घेर्ने, ओली सरकारलाई सबक सिकाउने


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते
गगनकै लाइनमा आयो राजपाः अब संसद घेर्ने, ओली सरकारलाई सबक सिकाउने

काठमाडौं– आइतबारको संसद बैठकमा बोल्न नपाएपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भनेका थिए, जबसम्म बोल्न दिइन्न, तबसम्म संसद चल्दैन। प्रतिपक्षी दलका तर्फबाट गगनले दिएको यो अभिव्यक्तिको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी नेपालले प्रतिपक्षलाई बोल्न नदिनु सत्तापक्ष र सभामुखको गम्भीर गल्ती भएको निष्कर्ष निकालेको छ। 

उसले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दलले बोल्न पाउने अधिकार खोसेर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको निष्कर्ष निकालेको हो। 

राजपा अध्यक्ष मण्डलका शीर्ष नेता अनिलकुमार झाले आफ्नो पार्टीको धारणा पत्रकारहरुमाझ राख्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको बताए।

संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको स्पष्ट पारे।

अब संसद घेर्ने, सरकारको साथ छोड्ने

राजपा नेता झाले आफ्नो पार्टी अब सरकारविरुद्ध चुप लागेर नबस्ने बताए। संसदमा बोल्दा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा कुनै धारण नराखेकोमा असन्तुष्टि जनाउँदै उनले यो विषयमा पार्टीमा गम्भीर छलफल गरेर कडा कदम चालिने बताए। 

‘हाम्रो पार्टीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, संसद पनि घेर्छाैं’, उनले भने। 

आइतवारको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्न उठाउन नदिएपछि कांग्रेस नेता गगन थापाले सभामुख पार्टीको कार्यकर्ताजस्तो व्यवहार देखाएको टिप्पणी गरेका थिए। उनले प्रधानमन्त्रीको सम्बोधनमा धेरै तथ्यभन्दा बाहिर कुरा आएको र यसले सार्वभौम संसदलाई गुमराहमा राखेको भन्दै सत्य बोल्न खोज्दा समय नदिएको गुनासो गरेका थिए।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..