एकैचोटी ‘फ्लप’ भए बलिउडका तीन खान !


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते
एकैचोटी ‘फ्लप’ भए बलिउडका तीन खान !

काठमाडौं । सन् २०१८ बलिउडका तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेन । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण स्थापित भयो । यो फिल्मको डायलगमात्र नभई प्रत्येक दृश्यको मीम्स इन्टरनेटमा मज्जाले भाइरल भयो । कमाईको कुरा गर्नुपर्दा फिल्मको पूरा कमाई भारु १६६.४० करोड रह्यो ।

सलमानपछि आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान का साथ पर्दामा आए तर दर्शकको अपेक्षा गरेअनुसार राम्रो हुन सकेन । बक्स अफिसरमा यो फिल्मले १५१.१९ करोडमात्र कमाउन सक्यो । वर्षको अन्त्यमा शाहरुख खान आए । उनको फिल्म ‘जिरो’ सँग दर्शकले निकै आशा गरेका थिए । तर फिल्मले दर्शकलाई प्रभावित गर्न सकेन । फिल्म अहिलेसम्म हलमा त छ तर कमाईको कुरा गर्नुपर्दा यसले अहिलेसम्म सय करोडको आँकडा पार गर्न सकेन । ‘जिरो’ ले अहिलेसम्म ८८.८५ करोडको कलेक्शन गरेको छ ।

यी तीनै फिल्म इद, दिवाली र क्रिसमसजस्ता छुट्टीको मौसममा रिलिज भएका थिए । तरपनि दर्शकलाई थिएटर्ससम्म तान्न असफल रह्यो । पछिल्लो १२ वर्षमा पहिलो पटक जब खान्सको फिल्म बक्स अफिसमा हिट हुन सकेन । यसअघि सन् २००६ मा धुम टु (८१ करोड), लगे रहो मुन्ना भाइ (७५ करोड), कृष (७२ करोड) ले बाजी मारेको थियो । यो वर्ष पनि यी तीनै खान शीष रेसबाट बाहिर छन् ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..