वाइड वडी प्रकरण : मन्त्री अधिकारीलाई टार्गेट गरी मोदीले पनि खोले मुख, नेकपामा उथलपुथल!


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
वाइड वडी प्रकरण : मन्त्री अधिकारीलाई टार्गेट गरी मोदीले पनि खोले मुख, नेकपामा उथलपुथल!

काठमाडाैँ - वाइड वडी प्रकरणमा सत्तारुढ दलका नेता तथा सांसद अमनलाल मोदीले मुख खोलेपछि नेकपा पार्टी भित्र सनसनी मच्चिएको छ। सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका सांसद मोदीले उक्त वाइड बडी जहाज खरिद प्रक्रियामा झण्डै साढे चार अर्व अनियमितता देखिएकोले सत्य तथ्य छानविन गर्न माग गरेका छन।

लेखा समितिले वाइड बडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको बेला सांसद मोदीले यस्तो माग गरेका हुन्।

गत सोमवार विहान बसेको लेखा समितिको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पूर्व मन्त्रीहरु जीवन शाही र जितेन्द्र देवमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको थियो।

बैठकमै प्रचण्ड नेतृत्वको पूर्व नेकपा माओवादीका नेता मोदीले उक्त वाइड बडी जहाज खरिद प्रक्रियामा अनियमितता गर्नेमाथि कडा कारवाही हुनुपर्ने बताएका हुन्। यस्तै सांसद तथा समिति सदस्य प्रेम आलेले पनि दोषीमाथि कडा कारवाही हुनु पर्ने बताए। स्रोतका अनुसार सांसद मोदीले घुमाउरो शैलीमा आफ्नै पार्टीका मन्त्रीलाई टार्गेट गरी छानविन मार्फत कारवाहीको माग गरेपछि प्रधानमन्त्री केपी ओली र प्रचण्ड तनावित भएका छन्।

बैठकले उपसमितिको प्रतिवेदन पारित गर्दै पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई निलम्बन गरेर कारवाही अघि बढाउन सिफारिस गरेको हो।

यसअघि राजन केसीको नेतृत्वमा गठित संसदीय उपसमितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गर्दै तीन मन्त्री, दुई सचिव, एक पूर्वसचिव र महाप्रबन्धक सहितलाई कारवाहीको सिफारिस गरेको थियो। 







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..