ओली र प्रचण्डका सांसद ८ महिनापछि बल्लतल्ल एउटै कार्यालयमा


नेपालपाना प्रकाशित: २०७५-९-२५ गते
ओली र प्रचण्डका सांसद ८ महिनापछि बल्लतल्ल एउटै कार्यालयमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको आठ महिनापछि सो दलको संसदीय दलको कार्यालयको व्यवस्थापन एक ठाउँमा हुने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

नेकपा बनेपछि पनि सिंहदरबारभित्र संसदीय दलको कार्यालय हालसम्म छुट्टा छुट्टै रहेका छन् । पूर्व एमाले र पूर्व माओवादीका संसदीय दलमा ती दलसँग आवद्ध सांसदहरूको कार्यालय यथावत रहेका छन् । ती सांसदहरूको सबै काम ती कार्यालयहरुबाट हुने गरेको छ । एउटै दलको संसदीय दलको कार्यालय दुईतिर हुँदा कर्मचारी पनि त्यहीअनुसार व्यवस्थापन गरिएका थिए ।

नेकपाको बोर्ड लगाएर एउटै पार्टीका दुईतिर संसदीय दलको कार्यालय हुँदा काम गर्न समस्या हुने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । एक महिनाभित्र पूर्व एमालेको संसदीय दलमा नेकपाको संसदीय दलको कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ ।

पूर्व एमालेको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी नारायणप्रसाद खनालले एक महिनाभित्र नेकपाको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने जानकारी दिए ।

नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ्ग र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाको दलका नेता दिनानाथ शर्माको कार्यकक्ष हालसम्म पूर्व माओवादीकै संसदीय दलको कार्यालयमा रहेको छ ।







मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 
मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको औंल्याएका छन् ।..

गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह
गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर..

इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 
इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 

सर्लाही । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा..

बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा) काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति..