२० हजार कर्मचारीले समायोजन फारम भरेको सरकारी दाबी


नेपालपाना प्रकाशित: २०७५-९-२५ गते
२० हजार कर्मचारीले समायोजन फारम भरेको सरकारी दाबी

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले अनलाइनबाटै फारम भर्ने कामले तीब्रता पाएको छ । नेपाल समाचारमपत्र दैनिकमा खबर छापिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार मंगलबारसम्म २० हजार भन्दा बढी कर्मचारीले फाराम भरिसकेका छन । यस्तै २४ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरेपनि अभिलेखीकरण गर्न बाँकी रहेको छ । समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भएको छ ।

मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका अनुसार कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहका लागि अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था गरिएको थियो । सोही प्रावधानलाई टेकेर कर्मचारीले फारम भर्न शुरु गरेका थिए । मन्त्री पण्डितका अनुसार समायोजन फाराम भर्न दिएको अवधि २१ दिनभित्र फारम नभर्ने कर्मचारीलाई सरकार स्वयंले खटाउने भएको छ ।

निजामती सेवामा प्रवेश गर्ने बेला राखेको नागरिकताको ठेगानाको आधारमा सरकारले कर्मचारी खटाउने भएको छ ।







परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा..

न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।..

भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..