चीनको मोबाइल फोनले कोरियाली सामसुङ कम्पनी डुब्दै


नेपालपाना प्रकाशित: २०७५-९-२५ गते
चीनको मोबाइल फोनले कोरियाली सामसुङ कम्पनी डुब्दै

सोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो ।

चिनियाँ स्मार्टफोन निर्माताबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । एजेन्सीलाई उदृत गर्दै राजधानी दैनिकले खबर छापेको छ ।

गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब नौ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलब ७ प्रतिशतले कमी हो ।

गत साता पनि आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो ।

विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले हालैका वर्षमा उच्च नाफा आर्जन गरिरहेको थियो । कम्पनीका केही उत्पादनमा समस्या देखिए पनि सामसुङको बजारमा कुनै असर परेको थिएन ।

सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ ।

मेमोरी चिप्सको व्यापारमा देखिएको कठिन परिस्थितिका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानीमा कमी आउनेछ ।







इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 
इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 

सर्लाही । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा..

बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा) काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति..

परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा..

न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।..