‘नुहाएको दृश्य दिँदा नांगिएको हुन्छ र ?’: नायिका रेवती 


नेपाल पाना प्रकाशित: २०७५-९-२५ गते
‘नुहाएको दृश्य दिँदा नांगिएको हुन्छ र ?’: नायिका रेवती 

काठमाडौं । आउँदो भ्यालेन्टाइन डेमा प्रदर्शन हुने चलचित्र ‘समर लभ’को ट्रेलर गत सोमबार सार्वजनिक भयो । लेखक सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित भएर निर्माण भएको सो फिल्मको ट्रेलरमा यस फिल्मकी नायिका रेवती क्षेत्रीको न्यूड सिनको चर्चा बढ्न थालेको छ ।

धेरैले यस सिनलाई न्यूड दृश्य भनेका छन् । तर, उनले भो यस कुरामा आपत्ति जनाएकी छन् । उनले पत्रकासँग कुरा गर्दै भनेकी छन्, ‘यहाँ सधैं केटीमाथि मात्र प्रश्न गरिन्छ । एउटी युवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नांगिएको हुन्छ र ? ’

उनले थपिन्, ‘किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइँदैन र, किन केटीलाई मात्र प्रश्न उठाइन्छ ?’

रेवती इण्डियाको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । उनले बलिउडका थुप्रै फिल्म गरेकी छन् । ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘खातुन’ र ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता ठूला फिल्ममा समेत अनुभव संगालेकी रेवतीले यस फिल्मको टिजरमा निराश भएर बाथटबमा बसेको न्यूड दृश्य दिएकी छन् ।

यस फिल्ममा उनी प्रमुख भूमिका अर्थात् ‘साया’को भूमिकामा छिन् । टिजरमा ‘अतित’ अर्थात् आशिष पियासँग रोमान्स गरेकी छन् । उक्त चलचित्र माघ २५ का लागि प्रदर्शन मिति पनि तय भएको छ ।

युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’कै नाम बाट राखिएको यो चलचित्रका निर्देशक मुस्कान ढकाल हुन् । नेपाल र नर्वेमा छायांकन भएको यस फिल्म नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको हो ।

फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा रहेको छ भने पुष्पन प्रधानको संगीत र फिल्मको संवाद भने लेखक सुबिन र सामीप्यले संयुक्त रूपमा तयार पारेका हुन् । साया र अतीतको प्रेम तथा तड्पाईको कथामा आधारित फिल्ममा सुस्मिताको भूमिका नायिका नम्रता सापकोटा, किरणको भूमिकामा शिशिर भण्डारी, प्रतिक्षाको भूमिकामा अभिषा खनाल, अनुको भूमिकामा इन्दू भण्डारी र विद्याको भूमिकामा पूर्णिमा थापाले निर्वाह गरेका छन् ।

सपन सरकार, ईन्दु भण्डारी र मनु बिकको संयुक्त लगानीमा तयार भएको फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..