‘सहमति तोडेर जनतालाई ठूलो धोका दियो, अब ओली र प्रचण्डविरुद्ध लड्छु’


नेपाल पाना प्रकाशित: २०७५-९-२५ गते
‘सहमति तोडेर जनतालाई ठूलो धोका दियो, अब ओली र प्रचण्डविरुद्ध लड्छु’

काठमाडौं । बिगतमा भएका सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएको आरोप डा. गोविन्द केसीले लगाएका छन् ।

बुधबार बिहानै अनसन बस्ने भनेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए । समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

संसदीय समितिको निर्णयपछि डा. केसीले जनतालाई धोका भएको बताए । ‘हामी जनताका लागि लडिरहेका छौं । उनीहरु माफिया दलालहरुका लागि ऐन बनाइरहेका छन्’ उनले भनेका छन् ।

प्रधानमन्त्रीकै कारण आफ्नो १५ औं अनसनका क्रममा सहमति विपरीत ऐन बनाउन खोजिएको उनले बताए । ‘अनसन सकिएपछि भेट्न बालुवाटार जाँदा नै शंका लागेको थियो’ डा. केसीले भने, ‘ओली र प्रचण्डजीको स्वार्थ छ ।’

प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको उनको आरोप छ । डा. केसीले भने, ‘अब ओलीजी र प्रचण्डजीका विरुद्ध लड्ने हो ।’







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..