काँग्रेसको साथ पाएपछि नेकपाकै यी केन्द्रीय सदस्यले गरे ओलीलाई जेल हाल्नु पर्ने माग, राजदूत शेर्पासँग घुस लिएको खुलासा


नेपालपाना प्रकाशित: २०७५-९-२६ गते
काँग्रेसको साथ पाएपछि नेकपाकै यी केन्द्रीय सदस्यले गरे ओलीलाई जेल हाल्नु पर्ने माग, राजदूत शेर्पासँग घुस लिएको खुलासा

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओली र अष्टेलियाको लागि नेपाली राजदूत लक्कि शेर्पाको सम्बन्ध बारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्दीय सदस्यले खुलासा गरेका छन्।

पूर्व माओवादीबाट नेकपामा केन्द्रीय सदस्य भएका नेता लेखनाथ न्यौपानेले प्रम ओली र राजदूत शेर्पाको सम्बन्ध बारे खुलासा गरेका हुन्। उनले केही समयअघि मनाव तस्करीमा मुछिएकी राजदूत शेर्पाले प्रधानमन्त्रीलाई तीन करोड खुवाएको कुरा सत्य हो भने प्रधानमन्त्री ओलीलाई जेल हाल्नु पर्ने धारणा सामाजिक संजालबाट राखेका छन्।

नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेपछि अहिले नेकपामा सनसनी मचिएको छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।

लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।

पार्टीभित्रका गलत प्रवृतिको विरुद्ध निर्मम भएर लड्दै आएका प्रभावशाली नेता न्यौपानेको यो कडा प्रतिक्रियासँगै राजनीतिवृतमा तर‌ंग फैलिएको छ । अहिले प्रधानमन्त्री ओलीको बारेमा यसरी बोल्ने हिम्मत गर्नु सामान्य विषय भने होइन । गत हप्ता मात्रै पनि उनले सरकार र नेताको १५ बुँदामा भण्डाफोर गरेका थिए ।

साेही क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छनिवनकाे लागि माग गर्दै दाेषीलार्इ पक्राउ गर्न दबाब बढाएपछि उनले प्रम अाेलीमाथि यस्ताे प्रतिक्रिया दिएका हुन्। सत्ताधारी सांसदले समेत आपत्ति जनाएपछि उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।

शेर्पाका पूर्वचालक वाङ्छु शेर्पाले उनलाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी थिइन् । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गर्दै उनीमाथि छानविनको लागि समिति बनाएको थियो।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..