विमान खरिद घोटाला : ठूलाबडा नै डामिने भएपछि कंसाकार र देवकोटालाई पनि न्यायिक समितिबाट चोख्याउने तयारी, क-कसले खाए ४ अर्ब ३५ करोड रूपैयाँ ?


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
विमान खरिद घोटाला : ठूलाबडा नै डामिने भएपछि कंसाकार र देवकोटालाई पनि न्यायिक समितिबाट चोख्याउने तयारी, क-कसले खाए ४ अर्ब ३५ करोड रूपैयाँ ?

काठमाडौँ । नेपाल एअरलाइन्स कर्पोरेशन (एनएसी) का लागि खरिद गरिएको २ वटा वाइडबडी जहाजमा भ्रष्टाचार गरेका भनिएका सुगरत्न कंशाकार र पर्यटन सचिव कृष्ण देवकोटालाई सरकारले चोख्याउने तयारी गरेको छ । 

सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले मन्त्री रविन्द्र अधिकारीसहित दर्जनाैं व्यक्तिमाथि कारबाहीका लागि सिफारिस गरेपनि लेखासमितिले मन्त्रीका हकमा नैतिक जिम्मेवारी मात्र लिए हुने भन्दै चोख्याइसकेको छ ।

उता, बिमान खरिद गर्दा भएको भ्रष्टाचारको रकम बुझ्नेहरू चोख्खिने र आफुहरूमात्रै फस्ने देखेपछि कंशाकार र देवकोटाले सत्ताधारी (ने.क.पा.) का ओली र पुष्पकमल दाहालमाथि दबाब बढाएको स्रोतले जानकारी दियो । फलस्वरूप, लेखा समितिले यी व्यक्तिहरूलाई निलम्बन गरि तत्काल कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएपनि सो अघि बढ्न सकेको छैन । 

विमान खरिद घोटालालाई ढिसमिस बनाउन सरकारले न्यायिक समिति समेत बनाएको छ  । संसदीय समितिको निर्णयअनुसार दोषीहरूलाई तत्काल पदमुक्त नगरिने सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताइसकेका छन् । उता, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबीन र कारबाहीका लागि निर्देशन दिने लेखा समितिको निर्णय पनि अलपत्र परेको छ । 

फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबस निर्मित ए ३३०-२०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद घोटालामा आफ्नै पार्टी नेतृत्वको सरकार र मन्त्रीहरू मुछिँदा पनि (ने.क.पा.) का अध्यक्षद्धय के.पी.शर्मा ओली र पुष्पकमल दाहालले आश्चर्यजनक मौनता साँधेका छन् ।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..