ओलीको शासन : उपचार गर्ने खर्च नहुँदा उदयपुरका शेरबहादुरले आफैंलाई जलाए


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
ओलीको शासन : उपचार गर्ने खर्च नहुँदा उदयपुरका शेरबहादुरले आफैंलाई जलाए

उदयपुर । उदयपुरमा आर्थिक अभावका कारण एक बिरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका–४ का सातबोटे शेरबहादुर कार्कीले बुधबार राती परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन्। पायल्स, जण्डिस र लिभरको बिरामी कार्कीले आत्मदाह गरेका हुन्।

बिरामीका आफन्तलाई डाक्टरले पनि धेरै खर्च लाग्ने बताएका थिए। उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घरनजिकै परालको गोठमा आगो लगाई आगोमा हामफालेपछि घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए।

गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरूको उद्धारपद्धि उपचारका क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए, नेपाल समाचारपत्र दैनिकमा खबर छ ।







परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा..

न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।..

भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..