ठूला अस्पताल संघीय सरकार मातहत रहने


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
ठूला अस्पताल संघीय सरकार मातहत रहने

काठमाडौं। देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ठूला अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएकामा अब संघीय सरकार मातहतमा रहने निर्णय गरेको हो ।  

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पताल संघीय सरकार मातहत रहने बताएका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये केही विकास समितिहरू संघअन्तर्गत रहने गरी निर्णय भएको बाँस्कोटाले बताए । काठमाडौंस्थित कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र संघीय सरकार मातहत रहनेछ ।

यसैगरी, ललितपुरस्थित मानसिक अस्पताल, काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र संघ मातहतमा रहने मन्त्री बाँस्कोटाले बताए ।







मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 
मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको औंल्याएका छन् ।..

गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह
गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर..

इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 
इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 

सर्लाही । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा..

बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा) काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति..