प्रचण्डलाई अर्को आपत, सुमार्गीले झिकेको पैसा बैंकमै फर्काउन अदालतको आदेश


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
प्रचण्डलाई अर्को आपत, सुमार्गीले झिकेको पैसा बैंकमै फर्काउन अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सत्ताधारी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालका व्यवसायिक साझेदार भनिने अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै सर्वोच्चले झिकेको रकम बैंकमा फिर्ता गर्न आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो।

यसअघि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो। जोशीले दिएको अनुमति कानुनविपरीत भएको र आदेशबाट सुमार्गीले रकम झिकेको गलत भएको भन्दै अदालतले जति रकम झिकिएको थियो त्यत्ति नै फिर्ता गर्न आदेश गरेको हो। सर्वोच्चको आदेशपछि सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता गर्नुपर्ने भएको छ।

सर्वोच्चले विदेशबाट सुमार्गी मातहतमा रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा नेपाल भिœयाएको रकम शंकास्पद देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डिरिङ) ऐनअन्तर्गत अनुसन्धान गर्न भनेको छ।

पुस १० मा न्यायाधीश जोशीले सुमार्गीको भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए। प्रधानन्यायाधीश राणा र न्यायाधीश भट्टराईले मंगलबार यसअघिको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेका थिए। सोही आदेशको विवरण बिहीबार सार्वजनिक भएको हो।







क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन
क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायी..

चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार
चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार

काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै दे..

ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 
ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 

काठमाडौ । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्न..

विदेश गएका ५३२ नेपाली जेलमा 
विदेश गएका ५३२ नेपाली जेलमा 

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरी..