प्रधानमन्त्री ओलीलाई संसदको लोगोभन्दा उखानटुक्कामै रूची, लोगो नलगाइ संसदमा १ घण्टा भाषण


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
प्रधानमन्त्री ओलीलाई संसदको लोगोभन्दा उखानटुक्कामै रूची, लोगो नलगाइ संसदमा १ घण्टा भाषण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिँदैनन् । उनले आइतबारको प्रतिनिधिसभाको बैठकमा १ घण्टा लामो सम्बोधन गरे । सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त सरकारको नै।

यो दिनमात्र होइन, प्रधानमन्त्री ओली प्रायजसो संसद् आउँदा लोगो लाएको भेटिँदैन। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशमलाल चौधरीले पुस १९ गते संसद्को लोगो लगाए। डिल्लीबजार सदरखोर जेलमा रहेका चौधरीलाई प्रहरीले कडा सुरक्षाबीच सिंहदरबार ल्याएको थियो। सभामुख कृष्णबहादुर महराले संसद्को लोगो लगाइदिएपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार नै लगिएको थियो।







क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन
क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायी..

चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार
चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार

काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै दे..

ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 
ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 

काठमाडौ । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्न..

विदेश गएका ५३२ नेपाली जेलमा 
विदेश गएका ५३२ नेपाली जेलमा 

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरी..