मनमाैजी गरेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वास्थ्यकर्मीको घेराबन्दीमा


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
मनमाैजी गरेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वास्थ्यकर्मीको घेराबन्दीमा

काठमाडाैं । तराइ मधेशका जनतालाइ मुक्तिको दुहाइ दिने र माैका मिल्नासाथ सत्तामा पुगिहाल्ने उपेन्द्र यादवविरूद्ध स्वास्थ्यकर्मीहरूले घेराबन्दी शुरू गरेका छन् । 

केपी ओली प्रधानमन्त्रीत्वको सरकारका स्वास्थ्यमन्त्री यादवबिरूद्ध सरकारी अस्पतालमा स्रोत साधन र औजार उपकरणको कमी, न्यून दरबन्दी तथा न्यून तलब सुविधा, न्याम्समा उपकुलपति नियुक्ति, वीर अस्पतालमा पदाधिकारी नियुक्तिको विरोध, मन्त्रालयमा फरक समूहको सचिव नियुिक्त तथा विभेदकारी कर्मचारी समायोजनलगायतका विषय उठान गर्दै स्वास्थ्यकर्मीहरूले मन्त्रालय नै घेराउ गर्न थालेका छन् । 

अहिले नेपालको स्वास्थ्यक्षेत्रमा दिनहुँजसो आन्दोलन जारी छ, जसलाइ उपेन्द्र यादवले सम्हाल्न सकिरहेका छैनन् । नेपाल चिकित्सक सङ्घ, आवसीय चिकित्सक सङ्घ, सरकारी चिकित्सक सङ्घ, नेपाल डेन्टल एसोसिएसन, नेपाल जनस्वास्थ्य विभिन्न सङ्घ संस्थासहित सरकारी चिकित्सक सङ्घको नेतृत्वमा दिनहुँ  स्वास्थ्य मन्त्रालयमा घेराउ र प्रदर्शन भइरहेको छ ।

यस्तै, सरकारी चिकित्सक सङ्घको अगुवाइमा जारी आन्दोलनलाइ बल पु-याउन भन्दै पुस २३ बाट दैनिक बिहान १० देखि ११ बजे आकस्मिक बाहेकका सबै सेवा बन्द भइरहेको छ । 

अहिले डाक्टर गोविन्द केसी पनि अनसन बसेका छन् भने आवसीय चिकित्सकहरू सरकारले समयमा छात्रवृत्ति उपलब्ध नगराएको भन्दै आन्दोलनको तयारीमा लागेका छन् । तर स्वास्थ्यमन्त्री यादव भने उपप्रधानमन्त्रीको सेवा सुविधा लिँदै विभागीय मन्त्रालयभित्र मस्त छन् ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..