ठमेल र दरबारमार्गमा आतंक मच्चाउने ‘नक्कली डिएसपी’ पक्राउ 


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते
ठमेल र दरबारमार्गमा आतंक मच्चाउने ‘नक्कली डिएसपी’ पक्राउ 

काठमाडौँ । दरबारमार्ग र ठमेलका होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन् । 

भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र समेत देखाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विगत १४ दिनदेखि कमलादी स्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई आपराधिक गतिविधी गर्दै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।  

२०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..