ओली प्रचण्डको निर्देशनमा राजदूत लक्की शेर्पामाथि परराष्ट मन्त्रालयले लियाे यस्तो एक्सन, राजदूत पद जाने निश्चित!


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
ओली प्रचण्डको निर्देशनमा राजदूत लक्की शेर्पामाथि परराष्ट मन्त्रालयले लियाे यस्तो एक्सन, राजदूत पद जाने निश्चित!

काठमाडाैँ । सत्तारुढ दल नेकपाका द्धय अध्यक्ष केपी ओली र प्रचण्डको निर्देशनमा परराष्ट मन्त्रालयले अष्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा दिनको लागि तीन दिनको अल्टिमेटम दिएको छ।

आगामी मंगलबार (३० पुस) सम्म राजदूत पदबाट आफै राजीनामा नदिए त्यसपछि बस्ने मन्त्रिपरिषदको बैठकले शेर्पालाई बर्खास्त गर्ने तयारीमा सरकार रहेको छ। परराष्ट स्रोतका अनुसार राजदूत शेर्पा आफैले केही दिनको समय माग गरेपछि उनलाई सोमबार सम्मको समय दिइएको हो।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले   नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली  र प्रचण्डले राजदूत शेर्पालाई कुनै निकास दिन भनेको बताएका थिए।

‘राजदूत शेर्पा कुटनीतिक व्यक्ति मात्र नभएर राजनीतिक सम्बद्धता भएको व्यक्ति हो’ बास्कोटाले भनेका थिए, ‘यो विषयलाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको छ, त्यसैले एक दुई दिनमा आफ्नो काम गर्नुहुन्छ होला।’

‘राजदूत शेर्पाले समय मागेपछि ओली–प्रचण्डले सोमबारसम्मको समयावधि दिएका छन्, उनकै आग्रह अनुसार त्य ति समयमावधि दिइएको हो’ स्रोतले भन्यो, ‘त्यसपछि पनि राजीनामा नदिए लगत्तै बस्ने मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्छ।’

तत्कालिन एमाले हुँदै एमाओवादी प्रवेश गरेपछि राजनीतिक कोटाबाट राजदूत बनेकी शेर्पाले राजीनामा दिए सरकार पनि सजिलोमा पर्ने, उनलाई पनि राजनीतिक जिम्मेवारी दिन सकिने, तर बर्खास्त गर्नुपरे उनी आफै अप्ठेरोमा पर्ने स्मरण दुबै अध्यक्षले गराएका छन्।

कुटनीतिक सुविधा अन्तर्गत अष्ट्रेलिया लगिएका ड्राइभरले मानव तस्करीको आरोप लगाएपछि राजदूत शेर्पा विवादको घेरामा तानिएकी छन्। उनको सम्बन्धमा परराष्ट्र मन्त्रालयले छानबिन समिति नै बनाएको थियो। शेर्पाको बारेमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको पनि बाँस्कोटाले जानकारी दिए । 

सत्ताधारी सांसदले समेत आपत्ति जनाएपछि उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो।शेर्पाका पूर्वचालक वाङ्छु शेर्पाले उनलाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी थिइन्। विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गर्दै उनीमाथि छानविनको लागि समिति बनाएको थियो।







विप्लवका कार्यकर्ताले ग्यासको सिलिण्डर पड्काए 
विप्लवका कार्यकर्ताले ग्यासको सिलिण्डर पड्काए 

मन्थली । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले रामेछाप सदरमुकाम मन्थली नजिकै राती २ बजेतिर ग्यासको सिलिण्डर पड्काएका छन् । नेत्र विक्रम चन्द 'विप्लव' न..

पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..