‘माओवादीको जस्तो कुर्सी भाच्नुपर्ने र बस जलाउने गरे मात्रै प्रतिपक्षको भूमिका देखिने हो र ?’ 


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते
‘माओवादीको जस्तो कुर्सी भाच्नुपर्ने र बस जलाउने गरे मात्रै प्रतिपक्षको भूमिका देखिने हो र ?’ 

कञ्चनपुर । वर्तमान सरकार संसदीय व्यवस्था नभई कुनै एकदलको जस्तो देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताएका छन् । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले सरकारले गर्ने निर्णयहरु नागरिकप्रति उत्तरदायी भएनन् ।

उनले पारदर्शिताको माग भइरहेका बेला वर्तमान सरकारले गरेका निर्णयले सरकार नै अपारदर्शी भएको पुष्टि गरिरहेको बताए । ‘विकास निर्माणका काममा पारदर्शी हुनपर्नेमा ५० अर्बभन्दा बढीका प्रोजेक्टहरुलाई प्रक्रियामा नलगी प्रधानमन्त्रीले आफँै दिन पाउने व्यवस्था आफैँमा अपादर्शी छ’, उनले भने, ‘यसले सरकारले मनोमानी रुपमा नगारिकलाई वास्ता नगरि काम गरिहेको देखाउछ ।’

यस्तै प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निभाइरहेको बताए । उनले संसदमा कुर्चि भाचेर वा तोडफोड गरेर मात्रै प्रतिपक्षको भूमिका नदेखिने बताए ।

‘वर्तमान राष्ट्रिय मुद्दा र उठेका विषयमा संसदीय दलका नेताले स्पष्ट रुपमा आधिकारिक धारणा राख्दै आएकै त छ ।’ उनले भने, ‘के २०४८ सालमा माननीयले गरेजस्तै र्‍यालिङ भाच्नुपर्ने, माओवादीको जस्तो संसदमा कुर्सी भाच्नुपर्ने र बस जलाउनु जस्ता अराजक गतिविधि गरेर मात्रै भूमिका देखिने हो र ?’







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..