नेपाल टेलिभिजनका कार्यक्रमलाई प्रभावकारी बनाउन करारमा कर्मचारी राख्ने


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते
नेपाल टेलिभिजनका कार्यक्रमलाई प्रभावकारी बनाउन करारमा कर्मचारी राख्ने

काठमाडौं । सरकारले नेपाल टेलिभिजनमा स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको छ । 

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले लिखित परीक्षा पास गरेर आएका समाचार बाचक वा बाचिकाहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको उल्लेख गर्दै केहीलाई करारमा राखेर सो आवश्यक्ता पूर्ति गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । 

समावेशीतालाई असर नपर्ने गरी सो व्यवस्था गर्ने सञ्चारमन्त्री बास्कोटाको योजना छ ।बैठकमा समितिका सदस्यहरुले नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन र जनतामा सहज पहुँच पुर्याउने योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..