देउवालाई बुझाए नेविसंघका ८ पदाधिकारीले राजीनामा


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते
देउवालाई बुझाए नेविसंघका ८ पदाधिकारीले राजीनामा

काठमाडौ । काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका आठजना पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाइएको उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए । 

उनले दुईपटक समयावधि थपिए पनि महाधिवेशन गर्न महर असफल भएको भन्दै नेविसंघलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन बाटो खुला गरेको दावी गरे । राजीनामा दिनेहरुमा उपाध्यक्षहरु शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी छन् । उनीहरुले शुक्रबार बिहान पार्टी सभापति देउवालाई राजीनामापत्र बुझाएका हुन् । 

नेविसंघ कार्यसमितिको समायावधि भदौ २ मै सकिएको थियो । तर विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन समय थपिएपनि महाधिवेशन हुन सकेको थिएन । माघ २ गतेसम्म रहेको वर्तमान महर नेतृत्वको कार्यसमितिले यहि पुस २८ देखि महाधिवेशन गर्ने घोषणा गरेको थियो । 







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..