बालबालिका स्वास्थ्यमाथि ठाडो खेलवाड, म्याद गुज्रेको पोलियो खोप खुवाइएपछि तीन स्वास्थ्य अधिकारी बर्खास्त!


एजेन्सी प्रकाशित: २०७५-९-२७ गते
बालबालिका स्वास्थ्यमाथि ठाडो खेलवाड, म्याद गुज्रेको पोलियो खोप खुवाइएपछि तीन स्वास्थ्य अधिकारी बर्खास्त!

चीन -छिमेकी मुलुक चीनमा म्याद गुज्रेको पोलियो खोप दिएको खुलासा भएको छ। चीनको पूर्वी क्षेत्रमा कम्तीमा एक सय ४५ बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको त्यहाँको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। चीन सरकारको चरम लापरवाहीका कारण स्वास्थयकर्मीहरुलेर्

उक्त खोपको म्याद चेक जाँच नै नगरी बालबालिकालाई दिएको संचारमाध्यममा उल्लेख छ। त्यहाँको सरकारले आधारभूत स्वास्थ्यसेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि जनस्वास्थ्यमा हेलचक्र्याइँ गरेको प्रकाशित समाचारमा दावी गरिएको छ।

चीनियाँ संचारमाध्यमका अनुसार जियाङ्सु काउन्टी सरकारका अनुसार यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीलाई पदबाट हटाइएको छ ।
 
एकजना अभिभावकले यसै साताको सुरुमा स्थानीय स्वास्थ्य संस्थामा बच्चालाई पोलियो खोप खुवाउन लैजाँदा खोपको म्याद गुज्रेको थाहा पाएका थिए । उक्त खोपको म्याद डिसेम्बर ११ लेखिएको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ ।

स्थानीय सरकारले डिसेम्बर ११ देखि जनवरी ७ का बीचमा एक सय ४५ जना बालबालिकालाई म्याद गुज्रेको खोप लगाएको पाइएको जनाएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेको खोपको प्रभावकारिता कम हुने तर स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस्तो खोप लगाउँदा बालबालिका बिरामी नहुने भन्दै त्यस्तो अवस्थामा पूर्ण खोप लगाएको मान्न नसकिने उल्लेख छ ।

 







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..