विवेकशीलकी रञ्जु दर्शनासहित १६ सदस्य एकाएक पुगे निर्वाचन आयोग, मिश्र र थापाबीच बढ्यो दुरी


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
विवेकशीलकी रञ्जु दर्शनासहित १६ सदस्य एकाएक पुगे निर्वाचन आयोग, मिश्र र थापाबीच बढ्यो दुरी

काठमाडौं - गत वर्ष दुई पार्टी मिलेर बनेको विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ। पार्टीका संयोजक रबिन्द्र मिश्र उज्वल थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएपछि पार्टी फुटको चरमत्कोर्षमा पुगेको हो।

मदभेदको कारण पार्टीमा रहेका ३५ केन्द्रिय नेताहरु मध्ये १६ जनाले नयाँ दल दर्ताको लागि संयुक्त रुपमा निवेदन दिएका छन्। पार्टीको थापा समूहका १६ सदस्यले  विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा। अंशु थापा लगायत रहेका छन्। पुस ३० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टीका सदस्यहरु स्पष्ट रुपमा मुलतः मिश्र र थापा गुटमा विभाजित देखिएका छन्।

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै थापा समूह टुक्रिएको हो। संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई  रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागेपछि पार्टी फुटको संघारमा पुगेको थापा पक्षकी नेतृ रञ्जु दर्शानाले बताइन्।

मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।  

 







विप्लवका कार्यकर्ताले ग्यासको सिलिण्डर पड्काए 
विप्लवका कार्यकर्ताले ग्यासको सिलिण्डर पड्काए 

मन्थली । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले रामेछाप सदरमुकाम मन्थली नजिकै राती २ बजेतिर ग्यासको सिलिण्डर पड्काएका छन् । नेत्र विक्रम चन्द 'विप्लव' न..

पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..