रञ्जु दर्शनाले रबिन्द्र मिश्रलाई टार्गेट गर्दै भनिन्-'एक्सनहरु नै फरक भयो’


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
रञ्जु दर्शनाले रबिन्द्र मिश्रलाई टार्गेट गर्दै भनिन्-'एक्सनहरु नै फरक भयो’

काठमाडौं - गत  वर्ष दुइ पार्टी मिलेर बनेको विवेकशील साझा पार्टीबाट अलग भएको उज्वल थापा नेतृत्वको समूहले पार्टीमा आमूक व्यक्तिहरुले स्वार्थको राजनीति गर्न थालेपछि अलग भएको जनाएको छ । थापा नेतृत्व समूहकी नेतृ रञ्जु दर्शनाले रविन्द्र मिश्रलाई टार्गेट गर्दै तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको बताएकी छन्।

उनले भनिन्, ‘ देश बनाउने दिर्घकालीन उद्धेश्यमा वैकल्पिक राजनीतिबारे कुरा मिलेपछि एक वर्ष अगाडी हामी जोडिएका थियौं । तर, अहिले आएर रवीन्द्र मिश्र लगायत नेताहरुको बुझाइमा नै परिवर्तन भएपछि एक्सनहरु नै फरक भयो ।’

उनले तत्कालिन साझा पार्टीका नेताहरुमा ‘हामीले राजनीति बुझेका छौं । तपाईंहरुले बुझ्नु भएको छैन’ भन्ने सोचाइ रहेका कारण पनि समस्या भएको टिप्पणी गरिन् । ‘देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भए पनि देशको स्थिति बीचमै अड्काउने किसिमको शैली देखेपछि छुटिट्यौं’, उनले थपिन् ।

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै थापा समूह टुक्रिएको हो। संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई  रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागेपछि पार्टी फुटेकाे थापा पक्षकी नेर्त रञ्जु दर्शानाले बताइन्।

मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।

याे पनि पढ्नुहाेस्

विवेकशीलकी रञ्जु दर्शनासहित १६ सदस्य एकाएक पुगे निर्वाचन आयोग, मिश्र र थापाबीच बढ्यो दुरी

 

 

 


‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट
राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस..

नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..