दुर्इ तिहार्इको दम्भमा ओली सरकारका मन्त्रीहरुको ब्रम्हलुट, राजनीतिक सल्लाहकारलाई राज्यमन्त्री सरहकाे सेवा सुविधा!


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
दुर्इ तिहार्इको दम्भमा ओली सरकारका मन्त्रीहरुको ब्रम्हलुट, राजनीतिक सल्लाहकारलाई राज्यमन्त्री सरहकाे सेवा सुविधा!

काठमाडाैँ - सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रदेश सरकारले दुई तिहाइको दम्भमा आफु अनुकुल निर्णय गर्दै राज्यकोषमा ब्रम्हलुट मचाएको छ। पछिल्लो समय गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दुई तिहाइको दम्भमा नियूक्त गरेका स्वकीय सचिव र  राजनीतिक सल्लाहकारलाई सुविधाको ओइरो नै लगाएका छन्।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले भन्दा स्वकीय सचिवहरुले दैनिक भ्रमण भत्ता बापत बढी रकम बुझ्ने गरेका छन्। भ्रमण भत्तामै साढे आठ लाख रूपैयाँ सकिएकाे छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म करिब तीन लाख रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन्।

प्रदेशको राजधानी पोखरा बाहिर आवत जावत गर्दा सबैभन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा छन्। उनले २ लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापत पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय छन्। सातै मन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली अनुसार अधिकृत तहका स्वकीय सचिव नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार उनीहरुले अधिृकत तहको सुविधा सहित दैनिक भ्रमण भत्ता लिँदै आएका छन्। मुख्यमन्त्रीका स्वकीय सचिव गुरुङले चाहिँ उपसचिव तहको सुविधा लिँदै आएका छन्।

मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार पनि भत्ता बुझेका छन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपालीले  १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। नेपाली भदौ २७ गते मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन्। मन्त्रिपरिषदले उनलाई राज्यमन्त्री सरहको सेवासुविधा दिने निर्णय गरेको थियो।

सुविधा दिन ऐन संशोधन
मन्त्रीहरुका स्वकीय सचिवलाई सुविधा दिनकै लागि मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन एकपटक संशोधन गरिएको छ। संशोधन अगाडिको ऐन अनुसार स्वकीय सचिवहरुले चाडपर्व सहित दैनिक भ्रमण भत्ता नपाउने भएपछि उनीहरुलाई सुविधा दिनको लागि ऐनमा हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए।







करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..

नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !
नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !

नवलपरासी । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिका..

कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट
कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट

धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका क्रममा कैलालीस्थित गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ..