विवेकशील साझा पार्टी फुटेपछि मिश्रले निकाले यस्तो विज्ञप्ति, रञ्जु दर्शना भइन् 'सक्ड'


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते
विवेकशील साझा पार्टी फुटेपछि मिश्रले निकाले यस्तो विज्ञप्ति, रञ्जु दर्शना भइन् 'सक्ड'

काठमाडौँ – देश बनाउने दिर्घकालीन उद्धेश्यका साथ वैकल्पिक राजनीति सुरु गरेको विवेकशील साझा पार्टी अन्तत फुटेको छ। गत वर्ष दुइ पार्टी मिलेर बनेको विवेकशील साझा पार्टीबाट अलग भएको उज्वल थापा नेतृत्वको समूहले पार्टीमा व्यक्तिहरुले स्वार्थको राजनीति गर्न थालेको आरोप लगाएपति संस्थापन पक्षका नेता रविन्द्र मिश्रको निर्देशनमा प्रेस विज्ञप्ति निकालिएको छ।

पार्टी फुटेसँगै नेताहरु दुई गुटमा विभाजित भएका छन्। दुवै गुटका नेताहरुबीच विभिन्न आरोप प्रत्यारोप सुरु भएको छ । संयोजकमध्येका उज्वल थापासहितका ३८ जना केन्द्रीय सदस्यले पार्टी विभाजन गरेपछि आरोप प्रत्यारोप सुरु भएको हो।

शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले थापाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएको खबरले आश्चर्यचकित भएको बताएका छन् ।

थापासहितका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि संस्थापन पक्षले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घात गरेको आरोप लगाएको छ । ‘नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो,’ आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थापा नेतृत्वको नेतृ रञ्जु दर्शनाले विज्ञप्तिमा लेखिएको कुरा पढेर चकित परेको प्रतिक्रिया दिएकी छन्। उनले विज्ञप्तिलाई 'जाे चोर उसैको ठुलो स्वर'को संज्ञा दिएकी छन्।

देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भएपनि देशको स्थिति बीचमै अड्काउने किसिमको शैली देेखाएपछि हामी छुटिट्एकाे हाैँ यस्ताे विज्ञप्ति हामीलार्इ केही असर नपर्ने उनले बताइन्।

मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।

यस्तो छ आचार्यले जारी गरेको विज्ञप्ति

विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ।

विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ।

निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।

पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।

पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ। उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।

यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तिव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।

हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ।

विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरी देशको नेतृत्वदायी भूमिकामा पुर्याउने कुरामा हामी दृढ संकल्पिक छौं। हामीलाई संधैझैं माया गर्ने मतदाता, सुभेच्छुक सुभचिन्तक तथा आम सदस्यहरुसंग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौं। विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ। नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौ।

डा। सूर्यराज आचार्य
प्रवक्ता, विवेकशील साझा पार्टी
मितिः २७ पौष २०७५

याे पनि पढ्नुहाेस्

रञ्जु दर्शनाले रबिन्द्र मिश्रलाई टार्गेट गर्दै भनिन्-'एक्सनहरु नै फरक भयो’

विवेकशीलकी रञ्जु दर्शनासहित १६ सदस्य एकाएक पुगे निर्वाचन आयोग, मिश्र र थापाबीच बढ्यो दुरी


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..