सिरहाको गोलबजारमा आगलागी, ३० लाख रूपैयाँको धनमाल क्षति


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
सिरहाको गोलबजारमा आगलागी, ३० लाख रूपैयाँको धनमाल क्षति

लहान । सिरहाको गोलबजार नगरपालिका–४ मा रहेको जय माँ धमिनी राइस मिलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

महेश साहले सञ्चालन गरेको सो राइस मिलमा ड्रायल मेसिनमा धान सुकाउने क्रममा आगलागी भएको हो । आगलागीका कारण मिलमा रहेको धान र मेसिन जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..