अन्तरिक हवाइ सेवाको भाडा दर घट्यो (सूचीसहित)


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
अन्तरिक हवाइ सेवाको भाडा दर घट्यो (सूचीसहित)

काठमाडौं । नेपालका आन्तरिक हवाइ गन्तव्यमा पुग्ने हवाइ टिकटको भाडादर पनि घटेको छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै हवाइ सेवाको भाडादर घटेको हो ।

एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकले आन्तरिकतर्फ १८५ देखि ३४५ रुपैयाँसम्म भाडादर घटाउने निर्णय गरेको वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए। 

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो । 

यस्तो छ नयाँ भाडादर सूची ः

माउण्टेन फ्लाइट   ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा   ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर   ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर  ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर  ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा    ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा    ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी   १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज    १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर    ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार   ६,००० रुपैयाँ







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..