अब छोराछोरीले ६० बर्ष पुगेका आमाबाबुको खातामा रकम राखिदिनुपर्ने


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
अब छोराछोरीले ६० बर्ष पुगेका आमाबाबुको खातामा रकम राखिदिनुपर्ने

काठमाडौँ । सार्वजनिक पदधारण गरेका व्यक्तिले मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुका नाममा प्रत्येक महिना बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थप गर्दै सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरे अनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाईको निश्चित प्रतिशत रकम बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

मासिक आयको कति रकम जम्मा गर्ने विधेयकले तोकेको छैन । यसअघि प्रारम्भिक मस्यौदामा १० प्रतिशत पारिश्रमिक बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नियमावली वा निर्देशिकाबाट रकम तोक्ने गरी विधेयक प्रस्तावित छ । मूल ऐनको दफा ८ मा पारिश्रमिक जम्मासम्बन्धी व्यवस्था थप गरी विधेयक दर्ता गरिएको हो ।

थप गरिएको दफा ८ क मा भनिएको छ,‘‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबु आमाको नाममा रहेको बैङ्क खातामा प्रत्येक महिना जम्मा गर्नु पर्नेछ ।’’


हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..

जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ
जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ

काठमाडौं । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् । जापान सरकारको मैत्रीपूर्ण निमन..