फोरम र राजपाको ठेकेदार मोह, राजमार्गका पूल 'धरापमा'


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
फोरम र राजपाको ठेकेदार मोह, राजमार्गका पूल 'धरापमा'

बर्दीबास । २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरिरहेको संघीय समाजवादी फोरम र राजपाले खानी उत्खनन गर्ने ठेकेदार र तस्करलाई संरक्षण गरिदिँदा महोत्तरी जिल्लाका सडक र पूलपुलेसामा गम्भीर क्षति पुगेको छ । 

फोरम र राजपाकै हैकम रहेको गाैशाला, बर्दीबास र सीतापूर भंगहा नगरपालिकाले आन्तरिक आयका नाममा नदीमा ठेक्का लगाइ ढुंगा, गिट्टी, बालुवा उत्खनन गराइरहेको छ ।

खानीजन्य उत्खननबाट यी स्थानीयतहका प्रतिनिधीहरूले बार्षिक करोडाैं रकम उठाएपनि सडक र पूल मर्मतका लागि खर्च गर्दैनन् । तर, ठेकेदारलाइ फुक्काफाल रूपमा ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर चलाउन दिँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू धरापमय बनिसकेका छन् । 

अर्बाैं रूपैयाँ लगानी गरी बनाइएका सडक र पूल जीर्ण भएसँगै यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यी तीन नगरपालिकाकाले जिल्लाका नदीहरूबाट बालुवा, गिट्टी र ढुंगालगायत नदीजन्य सामग्री खन्ने ठेक्का सम्झौता गरी अनुमति दिएपछि अहिले पुल, जंगल क्षेत्र, ग्रामीण बस्ती, खेतियोग्य जग्गा र खोलाको मुख्य बहाव क्षेत्र लगायत जताततै मनलाग्दी उत्खनन भैरहेको छ।

 


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..