त्रि.वि. शिक्षण अस्पतालले ग-यो शल्यक्रियामा चमत्कार, कलेजोबाट ५ किलोको ट्युमर झिकियो


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
त्रि.वि. शिक्षण अस्पतालले ग-यो शल्यक्रियामा चमत्कार, कलेजोबाट ५ किलोको ट्युमर झिकियो

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोमा पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । 

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो । शल्यक्रियाबाट बिरामीको कलेजोमा पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो । 

सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकले बताएका छन् । शल्यक्रियामा अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए । 

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहेका भण्डारीले भने, “बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले सुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ । बिरामीको सहमति लिएर शल्यक्रिया ग-यौँ र सफल पनि भयौँ ।” 

शल्यक्रियापछि एक हप्तापछिको अस्पताल बसाइँपछि बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए । अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारी गर्दै आएको छ ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..