अमेरिकी डलरको भाउ फेरि बढ्यो, मलेसियाली रिंगेट र कुवेती दिनारमा पनि फाइदा


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
अमेरिकी डलरको भाउ फेरि बढ्यो, मलेसियाली रिंगेट र कुवेती दिनारमा पनि फाइदा

काठमाडौं । हिजो शुक्रबारको तुलनामा आज अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ८ पैसा तोकेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ ३७ पैसा र बिक्रीदर ११२ रूपैयाँ ९७ पैसा तोकिएको थियो । 

युरो १ को खरिददर १२९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३० रूपैयाँ ३१ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४३ रूपैयाँ ८५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६२ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८१ रूपैयाँ २८ पैसा र बिक्रीदर ८१ रूपैयाँ ७१ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ३९ पैसा र बिक्रीदर १० रूपैयाँ ४४ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ६८ पैसा र बिक्रीदर १६ रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर २९ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३० रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६ पैसा, युएइ दिहराम १ को खरिददर ३० रूपैयाँ ६२ पैसा र बिक्रीदर ३० रूपैयाँ ७९ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ४६ पैसा र बिक्रीदर २७ रूपैयाँ ६१ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसा, कुवेती दिनार १ को खरिददर ३७१ रूपैयाँ ४८ पैसा तथा बिक्रीदर ३७३ रूपैयाँ ४६ पैसा र बहराइन दिनार १ को खरिददर २९८ रूपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रूपैयाँ ९६ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..