बैतडीमा चितुवा आतंक, ७ बर्षमा २३ जना मारिए


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
बैतडीमा चितुवा आतंक, ७ बर्षमा २३ जना मारिए

बैतडी । सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो । चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो । यो समाचार आजको नागरिक दैनिकमा छ । 

मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमाइसकेको छ भने १२ जना घाइते छन् । एक वर्षयता चितुवा आक्रमणबाट कसैले ज्यान नगुमाए पनि दुई जना भने घाइते भएका छन् । 

चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् । प्रहरीको तथ्यांकअनुसार हालसम्म मारिएका २३ मध्ये १६ जना बालबालिका छन् ।

चितुवा आतंक रोक्न प्रशासन, वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी गर्दै आएका छन् । स्थानीयले पनि आफ्नै ढंगले प्रयास गर्दै आएका छन् । 

तर चितुवा आक्रमण रोकिएको छैन। यसबीचमा बर्सेनी चितुवा मारिने क्रम पनि बढ्न थालेको छ । गत साता बैतडीको सिगास संरक्षित वन क्षेत्रनजिकै सिकारीले थापेको पासोमा परेर एउटा चितुवा मारियो । 

त्यसको एक दिनअघि मात्रै बैतडीको तल्लो स्वराडसँग सीमा जोडिएको डडेल्धुरामा पनि एउटा चितुवा मारिएको थियो। भदौमा पाटन नगरपालिका–५ र पञ्चेश्वर गाउँपालिका–६ मा एकएकवटा चितुवा मृत अवस्थामा फेला परे ।







क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन
क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायी..

चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार
चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार

काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै दे..

ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 
ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 

काठमाडौ । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्न..

विदेश गएका ५३२ नेपाली जेलमा 
विदेश गएका ५३२ नेपाली जेलमा 

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरी..