अनसनरत डा. केसीविरुद्ध विजय थापाको आमरण अनसन, थापाका माग के नि ?


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
अनसनरत डा. केसीविरुद्ध विजय थापाको आमरण अनसन, थापाका माग के नि ?

इलाम । स्वास्थ्य सुधारका विभिन्न माग राख्दै १६ औं पटक आमरण अनसन बसेका डा। गोविन्द केसीविरुद्ध अर्का एक सामाजिक अगुवा अनसन बसेका छन् । इलाम पुगेर आमरण अनसन बसेका डा। केसीविरुद्ध खोटाङका विजय थापाले शुक्रबारबाट अनशन शुरु गरेका हुन् ।

डा। केसीले संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् भने थापाले उक्त विधयेक पारित गर्दै कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

थपा यसअघि गत बैशाखमा सरकारले गाँसबास कपाससहित निःशुल्क स्वास्थ्यशिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बसेका थिए ।

थापा पनि इलामकै चौक बजारको लाकुरी चौतारीमा आमरण अनसन बसेका छन् । पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताउँछन् । उनले त्योसँगै नौ बुँदे माग राखेका छन् । डा। केसीले अनसन सुरु गरेको तेस्रो दिनबाट थापा अनसन सुरु गरे ।

उता डा। केसीको स्वास्थ्यमा कमजोर हुँदै गएको छ भने रक्तचाप बढेर गएको बताइएको छ ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..