‘वैदेशिक रोजगारी खोज्ने दिन अन्त्य हुन्छ’


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
‘वैदेशिक रोजगारी खोज्ने दिन अन्त्य हुन्छ’

पोखरा । केही समयमै वैदेशिक रोजगारी खोज्ने दिन अन्त्य हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दावी गरेका छन् ।

शनिबार प्रेस संगठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारीका लागि काम र जनशक्ति जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताए ।

मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्था निरुत्साहित गर्ने गरि काम भइरहको भन्दै धेरै युवाले छिटै रोजगारी पाउने दावीसमेत गरे । अबको ५ वर्षभित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने सरकारको महात्कांक्षी योजना रहेको उनले बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत देशैभर कृषि क्षेत्रमै बीस लाख रोजगारी सिर्जना गरिने उनको भनाइ छ । मन्त्री विष्टले देशलाई छिट्टै खाद्यान्नमा आत्मनिर्भर हुने गरि कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न लागेको दावी पनि गरे ।


घर फर्कदै गरेकी गरेकी कल्पनाको विभत्स हत्या
घर फर्कदै गरेकी गरेकी कल्पनाको विभत्स हत्या

भोजपुर । षडानन्द नगरपालिका वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको छ ।  शनिबार साँझ  षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै..

जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ
जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

बझाङ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपैयाँ लिएको..

आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना
आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना

काठमाडौं । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ ।&n..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..