आफ्नै परिवारले युवतीलाई मार्ने योजना बनाएपछि...


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
आफ्नै परिवारले युवतीलाई मार्ने योजना बनाएपछि...

काठमाडौं । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ ।  

क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताए । क्यानडा विश्वभरीको मावन अधिकार र महिला अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताए । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको प्रतिक्रिया छ ।

साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गएको अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । तर पनि क्यानडाले साउदी महिलालाई शरणार्थी रुपमा सहजै स्विकार गरेको छ ।

आफ्ना परिवारसँग कुवेत भ्रमणमा रहेकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो ।

तर बैंककको विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि उनी अलपत्र परिन । त्यसपछिको उनको कहानीले विश्वभर नै खैलाबैला मच्चियो । भागेर बैंककको विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए ।

रहाफले बैंकक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरी लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन । साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्ड समेत दिनसक्ने अपराध मानिन्छ । रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुव्र्यव्यवहार भोगेको एएफपीलाई बताएकी थिइन । कपाल काटेको निहुँमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनको भनाई थियो ।

यद्यपि रहाफको परिवारका एक सदस्यले बीबीसीसँग कुरा गर्दै यी विषयमा उनीहरूले कुनै टिप्पणी गर्न नचाहेको र केबल रहाफको सुरक्षालाई लिएर चिन्तित भएको बताएका थिए छ । 







झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..

एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा
एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हाँसिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्..

इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..