धारिलो हतियार प्रयोग गरी युवकको विभत्स हत्या


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
धारिलो हतियार प्रयोग गरी युवकको विभत्स हत्या

बाँके । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर विभत्स हत्या भएको छ। 

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए। 

‘गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ,’ प्रहरी नायब उपरीक्षक सिंहले भने, ‘धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दैछौं।’

मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए। ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई  एक लाख ५० हजार बुझाएका थिए। सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन्। 

इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।







करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..

नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !
नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !

नवलपरासी । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिका..

कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट
कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट

धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका क्रममा कैलालीस्थित गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ..