‘पार्टी विभाजनले कार्यकतामा चिसोपना आएको छ, हामी फेरि मिल्छौं’


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
‘पार्टी विभाजनले कार्यकतामा चिसोपना आएको छ, हामी फेरि मिल्छौं’

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलले पार्टीमा आएको विभाजनले कार्यकतामा चिसोपना ल्याएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा शनिबार अयोजित पत्रकार सम्मेलनमा उनले  कार्यकताको आएको चिसोपनालाई सम्बोधन गर्नु सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।

 ‘हामी यो तीनवटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । माथि उठ्ने क्रममा यो पटक जस्तो जटिलता आयो, मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । र, त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’                                          

मिश्रले आफूहरु नजानेको यात्रामा ९राजनीति० हिँडेको भन्दै त्यक्रममा दुवै पक्षबाट कमजोरी भएकोे बताए । उनले भने, ‘नजानेको यात्रामा हामी सँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान् । उहाँका तर्फबाट पनि भए होलान्। सँगै हुँदा केही राम्रा कुराहरु पनि भएका छन् होला । ’ 

नेपाली समाजको धारातलीय विरोधाभाष र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकुलताबाट आफूहरु माथि उठेर अघि बड्ने मिश्रले बताए  । उनले भने, यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’

आर्थिक पारदर्शिताका बारेमा आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दुःखी भएको मिश्रको भनाइ छ । उनले अघि भने, ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइनसक्छ । तर म त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन । तपाईँहरुले बेस्कन उक्साउनुभयो भने पनि म त्यो काम गर्दिनँ ।’

पार्टीका अर्का संयोजक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।


वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..