तेलको ट्याङ्कर विस्फोट, ६० जनाको ज्यान गयो


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
तेलको ट्याङ्कर विस्फोट, ६० जनाको ज्यान गयो

काठमाडौं । नाइजेरियाको ओडुकपानी भन्ने ठाउँमा तेल ट्याङ्कर विस्फोट हुँदा धेरैको ज्यान गएको आशंका गरिएको छ । घटनामा १२ जनाको शव भेटिएको छ ।

पल्टिएको ट्याङ्करबाट चुहिएको तेल संकलन गर्न गएका स्थानीयहरुको विस्फोटमा परेर ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ । ट्याङ्कर पल्टिएपछि तेल चुहावट भएको थियो ।

स्थानीयवासी त्यही चुहिएको तेल संकलन गर्न त्यहाँ झुम्मिएको र त्यसै बेला तेल ट्याङ्कर विस्फोट भएकाले धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका २२ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना शुक्रबार भएको हो । केही स्थानीयवासीले ६० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । तर प्रहरीले १२ जनाको शव संकलन गरेको छ । धेरै जना विस्फोटमा परेर खरानी भएको आशंका गरिएको छ ।

विस्फोट भएको ट्याङ्करबाट तेल निकाल्न विद्युतीय जेनेरेटर ल्याइएको र त्यही जेनेरेटरका कारण विस्फोट भएको त्यहाँको प्रहरीले जनाएको छ ।


झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...
झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...

काठमाडौं । रक्सीको नसामा रहेकै बेला एक युवतीले नाङ्गै भएर १५० फीट आग्लो पुलबाट हाम्फालेकी छन् ।  पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुल..

स्टुडियोमा आगलागी, १३ जनाको मृत्यु
स्टुडियोमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौं । जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् । अज्ञात व्यक्ति स्ट..

कंगोमा महामारीको प्रकोप, १६ सय मनिसको मृत्यु, आपतकाल घोषणा 
कंगोमा महामारीको प्रकोप, १६ सय मनिसको मृत्यु, आपतकाल घोषणा 

काठमाडौं । विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्..

रुसबाट अत्याधुनिक हतियार किनेको टर्कीलाई अमेरिकाले एफ–३५ विमान नबेच्ने 
रुसबाट अत्याधुनिक हतियार किनेको टर्कीलाई अमेरिकाले एफ–३५ विमान नबेच्ने 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ–३५ बिक्री नगरिने बताएका छन्। टर्कीले रुसबाट अत्याधुनिक एस–४००..