किशोरीमाथि सेनाले गर्यो बलात्कारको प्रयास, निर्दोषलाईलाई यातना दिएपछि चक्काजाम !


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते
किशोरीमाथि सेनाले गर्यो बलात्कारको प्रयास, निर्दोषलाईलाई यातना दिएपछि चक्काजाम !

मिर्चैया । मिर्चैया प्रहरीले दोषिलाई छाडेको र निर्दोषलाई पक्राउ गरी रातभर यातना दिईएको बिरूदमा स्थानियहरू पुर्ब पश्चिम लोकमार्ग बन्द गरी प्रदर्शनमा उतरेका छ । 

दोषीको कारवाहिको माग गर्दै चक्काजाम समेत गरेका छ । नेपाली सेनाका जवान द्वारा मिर्चैयाको एक किशोरी बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ गोरखनाथ गण चोहर्वाका ३ जना जवानहरुले एक किशोरी उपर बलात्कारको प्रयास गरेका हुन । 

मिर्चैया ६ मटियर्वा ९पानी टँकी० नजिकै एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करनी गर्न खोज्दा उनी चिच्याउँदै गुहार लगाएकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । 

खेज्दै जाँदा एक जनालाई स्थानीयहरू समातिए पनि दुईजना भने फरार भएका थिए । श्रोतका अनुसार पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही रहेका हुन । प्रहरीले सेनाका जबानलाई छाडेको थिए । स्थानीयहरू नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका थिए । 

स्थानीयहरुको कुटपिट बाट घाइते बनेका सेनाका जवानलाई रातिनै उपचारका लागि बाहिर पठाइएको छ । यता पिडत किशोरीका दाई सहित तिन जनालाई प्रहरीले पक्राउ गरेका थिए । प्रहरीले उल्टै उनीहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले बताए ।







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..