तरुण दलले सातै प्रदेशमा सरकारविरुद्ध गर्यो आन्दोलनकाे घाेषणा !


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
तरुण दलले सातै प्रदेशमा सरकारविरुद्ध गर्यो आन्दोलनकाे घाेषणा !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पछिल्लो गतिविधिलाई टार्गेट गर्दै सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए।

उनले भने, कम्युनिष्ट नेताहरु झुटको राजनीति गर्दा जनता सास्ती खेपी रहेका छन्, र उनीहरु स्वार्थको राजनीतिमा लिप्त छन्।' कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दलले माघ ८ गते प्रदेश एकको विराटनगर, माघ ९ गते प्रदेश २ को जनकपुर, माघ १० गते प्रदश तीनको हेटौंडा, माघ ११ गण्डकी प्रदेशको पोखरा, माघ १२ गते प्रदेश ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेत र माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढीमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्राेतका अनुसार तरूण दलकाे यस्ताे विराेध प्रदर्शनकाे जानकारी प्रधानमन्त्री केपी अाेलीले पाए लगत्तै गृहमन्त्री राम बहादुर थापालार्इ उच्च सर्तकता अपाउन निर्देशन दिएका छन्।

 







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..