कम्युनिष्ट सरकारका यी ७ मन्त्रीले भ्रमणका नाममा झ्वाम पारे लाखाै रकम (कसले कति नामसहित)


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
कम्युनिष्ट सरकारका यी ७ मन्त्रीले भ्रमणका नाममा झ्वाम पारे लाखाै रकम (कसले कति नामसहित)

काठमाडाैँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामै ८ लाख रुपैयाँ भत्ता स्वरुप निकासा गरेको छ। प्रदेशका मन्त्रीले भन्दा स्वकीय सचिवले दैनिक भ्रमण भत्ता बापत बढी रकम बुझ्ने गरेका छन्। गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय छन्।

सातै मन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुले पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली अनुसार  दैनिक भ्रमण भत्ता लिँदै आएको प्रदेश सरकारको दावी छ। सबैलाई नियमावली अनुसार नै तलब भत्ता उपलब्ध गराउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लेखा अधिकृत अर्जुन प्रसाद पौडेलले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म करिब तीन लाख रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन्। प्रदेशको राजधानी पोखरा बाहिर आवत जावत गर्दा सबैभन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा छन्। उनले २ लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापत पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पछि सबैभन्दा धेरै भत्ता बुझ्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ हुन्। उनले पनि सोही अवधिमा ९६ हजार आठसय ७५ रुपैयाँ बुझेका छन्।  सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ९६ हजार छ सय ५० रुपैयाँ बुझिसकेका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हालसम्म ७४ हजार ३ सय ७५ रुपैयाँ भ्रमण भत्ताबापत बुझेका छन्।

पाँचौ नम्बरमा बढी भत्ता बुझ्ने मन्त्री हुन विकास लम्साल। उद्योग पर्यटन वन वावरण मन्त्री लम्सालले साउन महिना यता दैनिक भ्रमण भत्ता बापत ५४ हजार तीन सय १० रुपैयाँ बुझेका छन्।

छैटौँ नम्बरमा धेरै भत्ता लिने लिस्टमा छन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा। उनले यस अवधिमा ४८ हजार आठसय ७५ रुपैयाँ बुझेका छन्। उनी यस सरकारमा सबै भन्दा कम भत्ता लिनेमा दोस्रो नम्बरमा छन्।

गण्डकी सरकारका सात मन्त्री मध्ये सबै भन्दा कम दैनिक भ्रमण भत्ता बुझ्ने मन्त्री हुन नरदेवी पुन मगर। सामाजिक विकास मन्त्री मगरले साउन महिना यता जम्मा २० हजार रुपैयाँ बुझेकी छन्। सरकारका मन्त्रीहरुलाई राजधानी भएको जिल्ला बाहेकका १० वटा जिल्लासँगै विदेश जाँदा समेत भत्ता दिने व्यवस्था गरिएको छ। यस बाहेक मन्त्रीहरुले नियमित तलबसँगै चाँडवाड मनाउने खर्च समेत सरकारसँग लिने गरेका छन्।

लेखा अधिकृत अर्जुनप्रसाद पौडेलका अनुसार सबैको सेवा सुविधा बैक खातामा नै उपलब्ध गराईँदै आएको छ। विदेश भ्रमण भत्ता भने कसैले बुझेका छैनन्।

सबैलाई आवास र निजी आवासमा बस्नेको हकमा मुख्यमन्त्री बाहेक मन्त्रीले १ लाख ५० र राज्य तथा सहायक मन्त्रीले १ लाख २५ हजार रुपैयाँ पाउँछन्। यो बाहेक फर्निचर, सवारी, मोबिल, यातायात, सञ्चार, अतिथी सत्कार र बिजुली खर्च समेत उनीहरुले पाउँछन्।


बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता
बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  विपदमा परेर अह..

बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाही
बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाही

काठमाडौं । बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाहीको व्यवस्था ल्याउने भएको छ । कर्मचारीहरुबाटै बहुविवाह हुने गरेको घटना बेला बेला सार्वजनिक हुने गरेपछि सरका..

पर्यटकलाई आकर्षित गर्न सडकमा राखेका बुद्धका मूर्ति तोडफोड
पर्यटकलाई आकर्षित गर्न सडकमा राखेका बुद्धका मूर्ति तोडफोड

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यले लुम्बिनी भ्रमण वर्..

राहत वितरणको अगुवाई गर्दै मुख्यमन्त्री राउत आफैँ जुटे राहत वितरणमा
राहत वितरणको अगुवाई गर्दै मुख्यमन्त्री राउत आफैँ जुटे राहत वितरणमा

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफै राहत वितरणको अगुवाई गर्दै रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गरेका छन् ।   गौरस्थित जिल्ला प्रशासन..