ओलीको समाजवाद : स्वदेशी औषधीको मूल्य आठ गुणा बढी


नेपालपाना प्रकाशित: २०७५-९-२९ गते
ओलीको समाजवाद : स्वदेशी औषधीको मूल्य आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।  नागरिक दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ।

तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्दै आएका छन्। विदेशबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ।







क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन
क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायी..

चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार
चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार

काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै दे..

ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 
ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 

काठमाडौ । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्न..

विदेश गएका ५३२ नेपाली जेलमा 
विदेश गएका ५३२ नेपाली जेलमा 

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरी..