रूकुमको उदिनढुँगा जंगलमा आमाछोराको शव भेटियो


रासस प्रकाशित: २०७५-९-२९ गते
रूकुमको उदिनढुँगा जंगलमा आमाछोराको शव भेटियो

रुकुम  ।  सिस्ने गाउँपालिका, ६ की ३० वर्षीया रेनुका केसी शाह र उनकी २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ । 

उनीहरू पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केका थिए  घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

आमाको घाँटीमा पनि डोरीको दाग रहेकाले डोरी चुँडिएको हुनसक्ने प्रहरीले बताए । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले आत्महत्या गरेको जस्तो देखिएको छ । थप परीक्षण र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए । 







करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..

नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !
नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !

नवलपरासी । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिका..

कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट
कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट

धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका क्रममा कैलालीस्थित गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ..