मन्त्री भानुभक्त ढकाल भन्छन् ‘निगमको वाइड बडी खरीदमा वर्तमान सरकार दोषी छैन’


नेपाल पाना प्रकाशित: २०७५-९-२९ गते
मन्त्री भानुभक्त ढकाल भन्छन् ‘निगमको वाइड बडी खरीदमा वर्तमान सरकार दोषी छैन’

उर्लाबारी  । नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले दाबी गरेका छन् ।

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा ढकालले भने, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो ।”

मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गरे ।

उनले डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि बताए । यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गरे।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा आज आयोजित कार्यक्रममा ढकालले हालसम्म १५६ वटा कानून बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिए ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..